The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
सियोल, कात्तिक १३ गते – उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ। नेता किम जोङ‑उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता प्राप्त गर्न निर्देशन दिएका छन्। सरकारी समाचार संस्था केसीएनएका अनुसार, बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए। उनीहरूले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको दाबी गरेका छन्। प्रदर्शनीको क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कको नमूना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ। किमले भनेका छन् कि उत्तर कोरियाले परम्परागत हतियारको आधुनिकीकरणसँगै एआई र ड्रोन प्रविधिको विकासलाई तीव्रता दिनुपर्नेछ, किनकि यो राष्ट्र आणविक हतियार सम्पन्न छ। यसैबीच, दक्षिण कोरियाली सेनाले वोनसान क्षेत्रबाट पूर्वी सागर तर्फ प्रहार गरिएका करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ। ती क्षेप्यास्त्र करिब २५० किलोमिटर टाढा पुगेका थिए। यो वर्षको १७औँ क्षेप्यास्त्र परीक्षण हो। स्रोत: रासस/एएनआई Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
सियोल, कात्तिक १३ गते – उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ। नेता किम जोङ‑उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता प्राप्त गर्न निर्देशन दिएका छन्। सरकारी समाचार संस्था केसीएनएका अनुसार, बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए। उनीहरूले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको दाबी गरेका छन्। प्रदर्शनीको क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कको नमूना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ। किमले भनेका छन् कि उत्तर कोरियाले परम्परागत हतियारको आधुनिकीकरणसँगै एआई र ड्रोन प्रविधिको विकासलाई तीव्रता दिनुपर्नेछ, किनकि यो राष्ट्र आणविक हतियार सम्पन्न छ। यसैबीच, दक्षिण कोरियाली सेनाले वोनसान क्षेत्रबाट पूर्वी सागर तर्फ प्रहार गरिएका करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ। ती क्षेप्यास्त्र करिब २५० किलोमिटर टाढा पुगेका थिए। यो वर्षको १७औँ क्षेप्यास्त्र परीक्षण हो। स्रोत: रासस/एएनआई
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.