The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
धनगढी, कात्तिक १३ गते । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना रहे पनि डराउनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ। चक्रवात सुदूरपश्चिम प्रवेश गर्दासम्म न्यूनचापीय क्षेत्रमा परिणत भई कमजोर हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान कार्यालय, महाकाली बेसिन अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहका अनुसार चक्रवातको प्रभावले बिहीबार रातिदेखि सिमसिमे पानी पर्ने सम्भावना छ। यसले खोलानालामा बाढी आउने जोखिम नदेखिए पनि पहाडी क्षेत्रमा पहिरो र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले सतर्क रहन आवश्यक छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार दार्चुला, बझाङ र बाजुरामा हिमपातको सम्भावना छ। अत्यधिक चिसो बढ्न सक्ने भएकाले यी तीन जिल्लालाई ‘सुन्तला रङ’ (ओरेन्ज अलर्ट) को संकेतसहित सतर्क रहन आग्रह गरिएको छ। यसैगरी, कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा र बैतडीलाई ‘पहेँलो रङ’ (यल्लो अलर्ट) को संकेत दिँदै अद्यावधिक रहन भनिएको छ। यसैबीच, चक्रवातबाट उत्पन्न हुन सक्ने विपत् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले विपत् व्यवस्थापनका लागि सम्पूर्ण युनिटलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले निरन्तर सूचना प्रवाह गरिरहेको छ र सबै जिल्लाका सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
धनगढी, कात्तिक १३ गते । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना रहे पनि डराउनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ। चक्रवात सुदूरपश्चिम प्रवेश गर्दासम्म न्यूनचापीय क्षेत्रमा परिणत भई कमजोर हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान कार्यालय, महाकाली बेसिन अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहका अनुसार चक्रवातको प्रभावले बिहीबार रातिदेखि सिमसिमे पानी पर्ने सम्भावना छ। यसले खोलानालामा बाढी आउने जोखिम नदेखिए पनि पहाडी क्षेत्रमा पहिरो र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले सतर्क रहन आवश्यक छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार दार्चुला, बझाङ र बाजुरामा हिमपातको सम्भावना छ। अत्यधिक चिसो बढ्न सक्ने भएकाले यी तीन जिल्लालाई ‘सुन्तला रङ’ (ओरेन्ज अलर्ट) को संकेतसहित सतर्क रहन आग्रह गरिएको छ। यसैगरी, कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा र बैतडीलाई ‘पहेँलो रङ’ (यल्लो अलर्ट) को संकेत दिँदै अद्यावधिक रहन भनिएको छ। यसैबीच, चक्रवातबाट उत्पन्न हुन सक्ने विपत् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले विपत् व्यवस्थापनका लागि सम्पूर्ण युनिटलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले निरन्तर सूचना प्रवाह गरिरहेको छ र सबै जिल्लाका सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.