Friday, November 6, 2026

Top 5 This Week

Related Posts

आयातित दियोले स्वदेशी पाला ओझेलमा

काठमाडौँ, कात्तिक २१ (२०८०) – तिहारको आरम्भसँगै बुट्टासहितका माटाका दियो र पाला बजारमा छ्यापछ्याप्ती देखिएको छ। विक्रेताहरूको अनुसार, अहिले बजारमा माग बढेका यस्ता दियो र पाला भारतबाट आयात गरिएका हुन्। नेपालमा पर्याप्त दियो र पाला उत्पादन भए तापनि भारतीय सामानको दबदबा छ। नेपाली दियोको मूल्य प्रति दर्जन ४० रुपैयाँ हुँदा भारतबाट आयात गरिएका दियोको मूल्य प्रति दर्जन २२० रुपैयाँसम्म पुग्छ। त्यसैले स्वदेशी बजारमा भारतीय दियो र पालाको माग बढेको देखिन्छ। काठमाडौँको भेँडासिंहमा माटाका भाँडा बिक्री गर्दै आउनुभएका नानुमाया कर्माचार्यले भने, “तिहारमा पछिल्लो समय भारतबाट आउने बुट्टे दियो र पाला धेरै बिक्री हुने गरेको छ। नेपाली दियो सस्तो भए पनि धेरैले भारतबाट आएका बुट्टे दियो खोज्ने गरेकाले नेपाली दियो ओझेलमा परेको छ।” त्यही ठाउँका व्यापारी राजुमान शाक्यले भने, “भारतबाट आएका बुट्टे दियो महँगो भए पनि धेरै माग रहेको छ। भारतबाट आयात गरिएका १० दर्जन बुट्टे दियो बिक्री गर्दा मुस्किलले दुई दर्जन मात्रै नेपाली दियो बिक्री भएको छ। छ/सात वर्षअघिसम्म तिहारमा चाहिने सामग्रीमा दियो तथा पाला मात्रै भए पनि स्वदेशी उत्पादनले धानिरहेको थियो। अहिले नेपाली उत्पादनभन्दा पनि भारत र चीनका उत्पादनले बजार लिन थालेको छ।” तिहारमा माला बनाउने र लगाउने परम्पराले सयपत्री फूलको मागमा वृद्धि गरेको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार, यस वर्ष सयपत्री फूलको माग १४ % वृद्धि भएको छ। अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख थान सयपत्री फूलको माला खपत भएको थियो। फ्यानको अनुमान अनुसार, यस वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला ४७ हजार, गोदावरी २० हजार र मिश्रित माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार फूलका माला माग हुने अपेक्षा गरिएको छ। अझै, तिहारमा ढाकाटोपीको बिक्री पनि बढ्न थालेको छ। असनका टोपी व्यापारी विनय श्रेष्ठको अनुभवमा, “तिहारमा टोपीको माग पहिले जस्तो नभए पनि धेरै घटेको छैन। बजारमा पाल्पाली र पुर्बेली ढाकाटोपी प्रख्यात छन्। यी ढाकाका लागि भारतको गोरखपुरबाट कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ। प्रतिथान टोपी ५० रुपैयाँदेखि २,५०० रुपैयाँमा बेच्न राखिए पनि तिहारमा २५० देखि ५०० रुपैयाँ पर्ने टोपी धेरै बिक्री भएका छन्।”

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook
News Desk
News Desk
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!