Tuesday, October 27, 2026

Top 5 This Week

Related Posts

उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, कात्तिक १० गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा नेपाल–जर्मनीबीचको कूटनीतिक सम्बन्ध, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास र सहयोगका आधारमा सुदृढ रहँदै आएको बताउनुभयो । उहाँले नेपालको सामाजिक–आर्थिक विकास, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा संस्थागत सुदृढीकरणमा जर्मनीले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । उपराष्ट्रपति यादवले गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जर्मन सरकारबाट प्राप्त राहत तथा आर्थिक सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । साथै, आगामी पुनर्निर्माण र पुनःस्थापनाका कार्यमा पनि जर्मनीको निरन्तर सहयोग रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल र जर्मनीबीचको जनस्तरको सम्बन्धबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले बर्सेनि हजारौँ जर्मन पर्यटक नेपाल आउने र उच्च शिक्षा तथा रोजगारीका लागि जर्मनी जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएको सन्दर्भमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा राख्नुभयो । उहाँले जर्मन राष्ट्रिय दिवसका अवसरमा राजदूत भोल्जमार्फत जर्मन सरकार र जनताप्रति शुभकामना व्यक्त गर्नुभयो । जवाफमा राजदूत भोल्जले नेपाल र जर्मनीबीचको सम्बन्ध घनिष्ठ र विश्वासपूर्ण रहेको बताउनुभयो । उहाँले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपालले विपत्तिको प्रभावबाट शीघ्र पुनःउत्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook
News Desk
News Desk
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!