The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
इलाममा अलैंचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ पुग्यो इलाम, कात्तिक ९ गते । किसानको मुख्य नगदे बालीका रूपमा रहेको अलैंचीको मूल्य इलाममा प्रतिमन एक लाख रुपैयाँ पुगेको छ। जिल्लाको नयाँ बजारमा आज ठूलो दाना भएको ‘भार्लाङ’ जातको अलैंची सोही मूल्यमा कारोबार भएको स्थानीय व्यापारी सिटी शेर्पाले जानकारी दिनुभयो। मुख्य सिजनमा पहिलो पटक अलैंचीको मूल्य एक लाख रुपैयाँ पुगेको हो। यस वर्ष इलाममा अलैंचीको उत्पादन सन्तोषजनक रहेको किसानहरूले बताएका छन्। सन्दकपुर गाउँपालिका–२, माइमझुवाका किसान नरेन्द्र पौड्यालका अनुसार नयाँ र पुराना दुवै प्रकारका बगानमा अलैंची राम्रो फलेको छ। उनले सिँचाइ र मलको उचित व्यवस्थापन गर्न सके आगामी वर्ष उत्पादन अझ बढ्ने विश्वास व्यक्त गरे। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालका अनुसार हाल अलैंचीको औसत मूल्य प्रतिमन ९८ हजार रुपैयाँको हाराहारीमा छ। गुणस्तरीय अलैंचीको मूल्य अझ राम्रो हुने अपेक्षा गरिएको छ। यसअघि भदौ महिनामा प्रतिमन ९६ हजार रुपैयाँमा कारोबार भएको अलैंची असोजमा घटेर ८८ हजार रुपैयाँमा झरेको थियो। मूल्यमा पुनः वृद्धि भई एक लाख रुपैयाँ पुगेपछि किसानहरू उत्साहित भएका छन्। व्यापारीहरूको अनुमानअनुसार यस वर्ष किसानहरूले एक मनदेखि ५० मनसम्म अलैंची उत्पादन गरेका छन्। अलैंची विकास केन्द्रका अनुसार कोशी प्रदेशका पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटामा अलैंचीको उत्पादन सबैभन्दा बढी हुने गर्दछ। भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–८३ मा १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो। सो अवधिमा झापाको काँकडभिट्टा नाका हुँदै ६३ लाख ८५ हजार ८७० किलो अलैंची विदेश निर्यात भएको थियो। Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
इलाममा अलैंचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ पुग्यो इलाम, कात्तिक ९ गते । किसानको मुख्य नगदे बालीका रूपमा रहेको अलैंचीको मूल्य इलाममा प्रतिमन एक लाख रुपैयाँ पुगेको छ। जिल्लाको नयाँ बजारमा आज ठूलो दाना भएको ‘भार्लाङ’ जातको अलैंची सोही मूल्यमा कारोबार भएको स्थानीय व्यापारी सिटी शेर्पाले जानकारी दिनुभयो। मुख्य सिजनमा पहिलो पटक अलैंचीको मूल्य एक लाख रुपैयाँ पुगेको हो। यस वर्ष इलाममा अलैंचीको उत्पादन सन्तोषजनक रहेको किसानहरूले बताएका छन्। सन्दकपुर गाउँपालिका–२, माइमझुवाका किसान नरेन्द्र पौड्यालका अनुसार नयाँ र पुराना दुवै प्रकारका बगानमा अलैंची राम्रो फलेको छ। उनले सिँचाइ र मलको उचित व्यवस्थापन गर्न सके आगामी वर्ष उत्पादन अझ बढ्ने विश्वास व्यक्त गरे। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालका अनुसार हाल अलैंचीको औसत मूल्य प्रतिमन ९८ हजार रुपैयाँको हाराहारीमा छ। गुणस्तरीय अलैंचीको मूल्य अझ राम्रो हुने अपेक्षा गरिएको छ। यसअघि भदौ महिनामा प्रतिमन ९६ हजार रुपैयाँमा कारोबार भएको अलैंची असोजमा घटेर ८८ हजार रुपैयाँमा झरेको थियो। मूल्यमा पुनः वृद्धि भई एक लाख रुपैयाँ पुगेपछि किसानहरू उत्साहित भएका छन्। व्यापारीहरूको अनुमानअनुसार यस वर्ष किसानहरूले एक मनदेखि ५० मनसम्म अलैंची उत्पादन गरेका छन्। अलैंची विकास केन्द्रका अनुसार कोशी प्रदेशका पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटामा अलैंचीको उत्पादन सबैभन्दा बढी हुने गर्दछ। भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–८३ मा १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो। सो अवधिमा झापाको काँकडभिट्टा नाका हुँदै ६३ लाख ८५ हजार ८७० किलो अलैंची विदेश निर्यात भएको थियो।
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.