Tuesday, October 27, 2026

Top 5 This Week

Related Posts

बाढीको असर सेवा प्रवाहमा

म्याग्दी, कात्तिक ११ गते गत असोज दोस्रो साता आएको बाढी र पहिरोले म्याग्दीका सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्‍याउँदा सेवा प्रवाह प्रभावित भएको छ। असोज ११ गते बिहान बेनी नगरपालिका–७ स्थित बराहपाखोबाट आएको बाढीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी नगरपालिकाको भवनमा क्षति पुर्‍याएको थियो। बाढीले कार्यालयका भुइँतलामा रहेका कोठा पुरिँदा कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट भएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हाल नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ। पशु विकास अधिकृत गोपाल गिरीका अनुसार कार्यालयका दुई भवनका भुइँतलामा रहेका सातवटा कोठाका सम्पूर्ण सामग्री र कागजात नष्ट भएका छन्। उहाँले भन्नुभयो, “नयाँ भवन निर्माण पूरा गरेर कार्यालय सञ्चालनमा ल्याएका छौँ, तर कागजात, अभिलेख, औजार र फर्निचर नष्ट भएकाले काम गर्न कठिन भएको छ।” सो कार्यालय परिसरमा पार्किङ गरिएका सवारीसाधनसमेत बाढीमा पुरिएका थिए। त्यस्तै, डिभिजन वन कार्यालयको भुइँतलामा रहेको योजना शाखाका तीनवटा कोठामा पनि बाढीले क्षति पुर्‍याएको छ। कार्यालयको सवारीसाधन पार्किङ गर्ने ग्यारेजसमेत भत्किएको छ। डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले कार्यालयका शाखा र कार्यकक्षहरू नजिकै रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा सारिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जेनतेन कार्यकक्ष बनाएर काम सुरु गरेका छौँ, तर फर्निचर, कम्प्युटर, प्रिन्टर र कागजात नष्ट भएकाले समस्या छ। क्षतिग्रस्त भवन मर्मतका लागि बजेटको अभाव अर्को चुनौती बनेको छ।” बेनी नगरपालिकाको भवनमा पनि बाढीले क्षति पुर्‍याएको छ। भवनको भुइँतलामा रहेका कृषि र पशु सेवा शाखाले माटो पन्छाएर सेवा सुरु गरेका छन्। यद्यपि, भेटेरिनरी र वन कार्यालय परिसरमा थुप्रिएको माटो र गेग्रान पन्छाउने काम अझै पूर्ण रूपमा सकिएको छैन। महत्त्वपूर्ण अभिलेख र उपकरण नष्ट हुँदा सरकारी कार्यालयको नियमित कामकाजमा कठिनाइ उत्पन्न भएको छ। क्षतिग्रस्त संरचनाको मर्मत र नष्ट भएका सामग्रीको व्यवस्थापन गर्न नसक्दा बाढीको असर सेवा प्रवाहमा अझै कायमै रहेको छ।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook
News Desk
News Desk
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!