Tuesday, October 27, 2026

Top 5 This Week

Related Posts

काँक्रेविहार जाने सडक जीर्ण

सुर्खेतको काँक्रेविहार पुग्ने सडक जीर्ण, पर्यटक सास्ती खेप्न बाध्य सुर्खेत, कात्तिक १० गते सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य काँक्रेविहार पुग्ने सडकको अवस्था अत्यन्त जीर्ण बनेको छ। वीरेन्द्रनगर नगरपालिका–९ मा अवस्थित उक्त क्षेत्रसम्म पुग्ने लाटीकोइली डाँडादेखिको करिब डेढ किलोमिटर सडकमा ठूला खाल्टाखुल्टी हुँदा पर्यटक र स्थानीयले सास्ती खेप्नुपरेको छ। सडकको दुरवस्थाका कारण अटो तथा साना सवारीसाधन उकालो चढ्न नसक्ने अवस्थामा पुगेका छन्। सडकको दुरावस्थाले गर्दा पर्यटकीय क्षेत्रमा आउने पर्यटकको संख्यामा समेत कमी आएको स्थानीयको भनाइ छ। ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको काँक्रेविहार मन्दिर अवलोकन गर्न दैनिक सयौँ पर्यटक आउने गरे पनि सडकको दुरावस्थाका कारण उनीहरू असन्तुष्ट हुने गरेका छन्। ‘काँक्रेविहार संरक्षण क्षेत्र’ नामक सामाजिक सञ्जालमार्फत स्थानीयले सडक स्तरोन्नतिको माग गर्दै पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष ऋषि गिरीले पनि सडक मर्मतका लागि बारम्बार पहल गरिएको जानकारी दिनुभयो। यसैबीच, पूर्वाधार विकास कार्यालय सुर्खेतले सडक स्तरोन्नतिको काम एक साताभित्र सुरु हुने दाबी गरेको छ। कार्यालयका इन्जिनियर विकास न्यौपानेका अनुसार काँक्रेविहार र रातानाङ्ला सडक स्तरोन्नतिका लागि कमलेश पराजुली जेभी सर्लाहीले ६ करोड ६५ लाख रुपियाँमा ठेक्का पाएको छ। इन्जिनियर न्यौपानेले दसैँअगाडि नै काम सुरु गर्न ठेकेदारलाई निर्देशन दिइएको भए पनि चाडपर्वका कारण काम हुन नसकेको बताउनुभयो। उहाँले अबको एक साताभित्र सडक मर्मत तथा स्तरोन्नतिको काम सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook
News Desk
News Desk
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!