The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
काठमाडौँ, कात्तिक ९ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी शिक्षक हरिराम डगौरा (चौधरी) विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, डगौराले बालविकास सहयोगी कार्यकर्ता पदमा नियुक्ति लिनका लागि कैलालीको मालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको भनी झुट्टा मार्कसिट र चारित्रिक प्रमाणपत्र पेस गरेका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदको लाभ र सुविधा लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कारबाहीको माग गर्दै सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले निजलाई सोही ऐनअनुसार कैद र जरिवानाको सजाय हुन मागदाबी गरेको छ । Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
काठमाडौँ, कात्तिक ९ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी शिक्षक हरिराम डगौरा (चौधरी) विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, डगौराले बालविकास सहयोगी कार्यकर्ता पदमा नियुक्ति लिनका लागि कैलालीको मालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको भनी झुट्टा मार्कसिट र चारित्रिक प्रमाणपत्र पेस गरेका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदको लाभ र सुविधा लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कारबाहीको माग गर्दै सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले निजलाई सोही ऐनअनुसार कैद र जरिवानाको सजाय हुन मागदाबी गरेको छ ।
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.