The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
सुनसरीमा तिहारका अवसरमा १५ करोडभन्दा बढीको फूलको कारोबार सुनसरी, कात्तिक २३ गते । यस वर्षको तिहारमा सुनसरी जिल्लामा सयपत्री फूलको माग उच्च हुँदा १५ करोड रुपियाँभन्दा बढीको कारोबार भएको छ। धरान कृषिउपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार धरान, इटहरी, इनरुवा, दुहबी र झुम्का लगायतका सहरी क्षेत्रमा फूलको माग अत्यधिक रहेको थियो। सहरी क्षेत्रमा घर, पसल र सवारीसाधन सजावटका लागि सयपत्री फूलको खपत बढी हुने गरेको छ। गाउँको तुलनामा सहरमा व्यापार बढी हुने भएकाले किसान तथा व्यापारीहरूले गाउँबाट फूल संकलन गरी बजारमा ल्याउने गरेका छन्। यस वर्ष तिहारको समय र सयपत्री फुल्ने मौसम एकैसाथ परेकाले स्थानीय उत्पादनले राम्रो बजार पाएको प्रबन्धक भट्टराईले जानकारी दिनुभयो। सरकारले यस वर्ष आयातित फूलमा कडाइ गरेका कारण पनि नेपाली उत्पादनले प्राथमिकता पाएको बताइएको छ। अनुकूल मौसमका कारण घरका करेसाबारी, खेतबारी, गमला तथा छतमा लगाइएका फूलहरू राम्रोसँग फुलेकाले बजारमा माग अनुसारको उपलब्धता सहज भएको थियो। सुनसरीका विभिन्न गाउँका साथै पूर्वी पहाडी जिल्लाका किसानले उत्पादन गरेका फूलहरू पनि बिक्रीका लागि धरान र इटहरी लगायतका बजारमा ल्याइएका थिए। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा र आयातमा कडाइ गर्दा यस वर्ष नेपाली सयपत्री फूलको कारोबार उत्साहजनक रहेको किसान अर्जुन विष्टले बताउनुभयो। Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
सुनसरीमा तिहारका अवसरमा १५ करोडभन्दा बढीको फूलको कारोबार सुनसरी, कात्तिक २३ गते । यस वर्षको तिहारमा सुनसरी जिल्लामा सयपत्री फूलको माग उच्च हुँदा १५ करोड रुपियाँभन्दा बढीको कारोबार भएको छ। धरान कृषिउपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार धरान, इटहरी, इनरुवा, दुहबी र झुम्का लगायतका सहरी क्षेत्रमा फूलको माग अत्यधिक रहेको थियो। सहरी क्षेत्रमा घर, पसल र सवारीसाधन सजावटका लागि सयपत्री फूलको खपत बढी हुने गरेको छ। गाउँको तुलनामा सहरमा व्यापार बढी हुने भएकाले किसान तथा व्यापारीहरूले गाउँबाट फूल संकलन गरी बजारमा ल्याउने गरेका छन्। यस वर्ष तिहारको समय र सयपत्री फुल्ने मौसम एकैसाथ परेकाले स्थानीय उत्पादनले राम्रो बजार पाएको प्रबन्धक भट्टराईले जानकारी दिनुभयो। सरकारले यस वर्ष आयातित फूलमा कडाइ गरेका कारण पनि नेपाली उत्पादनले प्राथमिकता पाएको बताइएको छ। अनुकूल मौसमका कारण घरका करेसाबारी, खेतबारी, गमला तथा छतमा लगाइएका फूलहरू राम्रोसँग फुलेकाले बजारमा माग अनुसारको उपलब्धता सहज भएको थियो। सुनसरीका विभिन्न गाउँका साथै पूर्वी पहाडी जिल्लाका किसानले उत्पादन गरेका फूलहरू पनि बिक्रीका लागि धरान र इटहरी लगायतका बजारमा ल्याइएका थिए। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा र आयातमा कडाइ गर्दा यस वर्ष नेपाली सयपत्री फूलको कारोबार उत्साहजनक रहेको किसान अर्जुन विष्टले बताउनुभयो।
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.