The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
राजविराज, कात्तिक १२ गते सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार बुधबार साँझ कोशी ब्यारेज पुलको ४३ नम्बर ढोकाको दक्षिणतर्फबाट ती व्यक्तिहरूले नदीमा हाम फालेका थिए। घटनालगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरू भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्ला, नदीथाना क्षेत्रको बरहडा ग्राम पञ्चायत, लालमनिया टोलका बासिन्दा रहेको प्रहरीले जनाएको छ। उद्धारपश्चात् आवश्यक प्रक्रिया र व्यवस्थापनका लागि उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४५ औँ बटालियनलाई जिम्मा लगाइएको छ। Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
राजविराज, कात्तिक १२ गते सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार बुधबार साँझ कोशी ब्यारेज पुलको ४३ नम्बर ढोकाको दक्षिणतर्फबाट ती व्यक्तिहरूले नदीमा हाम फालेका थिए। घटनालगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरू भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्ला, नदीथाना क्षेत्रको बरहडा ग्राम पञ्चायत, लालमनिया टोलका बासिन्दा रहेको प्रहरीले जनाएको छ। उद्धारपश्चात् आवश्यक प्रक्रिया र व्यवस्थापनका लागि उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४५ औँ बटालियनलाई जिम्मा लगाइएको छ।
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.