Friday, November 6, 2026

Top 5 This Week

Related Posts

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

ताप्लेजुङमा सुरक्षा निकायद्वारा संयुक्त विपद् प्रतिकार्य नमुना अभ्यास ताप्लेजुङमा विपद्का समयमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सुरक्षा निकायहरूले संयुक्त रूपमा विपद् प्रतिकार्य नमुना अभ्यास गरेका छन्। नेपाली सेनाको दुर्गादल गुल्मको संयोजनमा शुक्रबार फुङलिङस्थित गुल्म परिसरमा उक्त अभ्यास सम्पन्न भएको हो। अभ्यासमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। अभ्यासका क्रममा बाढीपहिरोमा फसेका व्यक्तिहरूको उद्धार, अग्लो तथा भिरालो स्थानबाट गरिने उद्धार र आगलागी नियन्त्रणका विधिहरू प्रदर्शन गरिएको थियो। दुर्गादल गुल्मका गुल्मपति सेनानी कृतार्थ शमशेर जबराका अनुसार, विशेषगरी हाई लाइन तथा हाई एङ्गल रेस्क्यु (यापलिङ), रिभर क्रसिङ र आगलागी नियन्त्रणसम्बन्धी सीप प्रदर्शन गरिएको थियो। यस क्रममा डोरीको सहायताले खोला तथा खोंचमा फसेका व्यक्तिको उद्धार गर्ने, उद्धारकर्ता सहजै पुग्न नसक्ने स्थानबाट सुरक्षित रूपमा घाइतेको उद्धार गर्ने र नदीको एक किनारबाट अर्को किनारमा पुग्ने विधिहरू देखाइएको थियो। साथै, खाना पकाउने ग्यास सिलिन्डरबाट हुने आगलागी तथा अन्य सम्भावित आगलागी नियन्त्रणका उपायहरूबारे पनि जानकारी दिइएको थियो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले विपद्का समयमा परिचालित हुने सुरक्षा निकायको उद्धार क्षमता अभिवृद्धि गर्नुका साथै सर्वसाधारण र सरोकारवाला पक्षलाई पूर्वतयारी तथा सावधानीबारे सचेत गराउन अभ्यास आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार, यस प्रकारको अभ्यासले सुरक्षा निकायबीचको समन्वय र विपद् प्रतिकार्यका क्रममा अपनाउनुपर्ने सावधानीबारे थप स्पष्टता ल्याउन सहयोग पुग्नेछ। उक्त कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईं, सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर बोहोरा, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण थापामगर, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook
News Desk
News Desk
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!