The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
हुम्ला, कात्तिक १४ गते उत्तरी हुम्लाका उच्च हिमाली क्षेत्रमा शनिबार रातिदेखि भइरहेको भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। सिमकोट र नाम्खा गाउँपालिकाका उच्च भेगमा हिमपात जारी रहँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो। यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार नाम्खा गाउँपालिका–५ र ६ अन्तर्गतका हिल्सा, यारी, नारा, न्यालु, लिमी, लाप्चा र चालालगायतका क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबार दिउँसोदेखि सुरु भएको वर्षा शनिबार रातिदेखि हिमपातमा परिणत भएको हो। हिमपातका कारण हिल्साको तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ। अत्यधिक चिसोका कारण स्थानीयलाई घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ भने धारामा पानी जमेपछि स्थानीय नदीको पानी प्रयोग गर्न बाध्य भएका छन्। हिमपातका कारण नारा खण्डको सडक यातायात पुनः अवरुद्ध भएको छ। लिमी गाउँपालिकाका वडाध्यक्ष पाल्जोर तामाङले लिमी क्षेत्रमा पनि हिमपात भइरहेको र चिसोका कारण स्थानीयको जनजीवन प्रभावित भएको जानकारी दिनुभयो। सिमकोट गाउँपालिकाका छोवाखोर, पञ्चमुखी, रलिङ र बोक्सी हिमालको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ। सदरमुकाम सिमकोटभन्दा तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। खराब मौसमका कारण शुक्रबारदेखि नै हवाई सेवा अवरुद्ध भएको छ। Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
हुम्ला, कात्तिक १४ गते उत्तरी हुम्लाका उच्च हिमाली क्षेत्रमा शनिबार रातिदेखि भइरहेको भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। सिमकोट र नाम्खा गाउँपालिकाका उच्च भेगमा हिमपात जारी रहँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो। यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार नाम्खा गाउँपालिका–५ र ६ अन्तर्गतका हिल्सा, यारी, नारा, न्यालु, लिमी, लाप्चा र चालालगायतका क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबार दिउँसोदेखि सुरु भएको वर्षा शनिबार रातिदेखि हिमपातमा परिणत भएको हो। हिमपातका कारण हिल्साको तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ। अत्यधिक चिसोका कारण स्थानीयलाई घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ भने धारामा पानी जमेपछि स्थानीय नदीको पानी प्रयोग गर्न बाध्य भएका छन्। हिमपातका कारण नारा खण्डको सडक यातायात पुनः अवरुद्ध भएको छ। लिमी गाउँपालिकाका वडाध्यक्ष पाल्जोर तामाङले लिमी क्षेत्रमा पनि हिमपात भइरहेको र चिसोका कारण स्थानीयको जनजीवन प्रभावित भएको जानकारी दिनुभयो। सिमकोट गाउँपालिकाका छोवाखोर, पञ्चमुखी, रलिङ र बोक्सी हिमालको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ। सदरमुकाम सिमकोटभन्दा तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। खराब मौसमका कारण शुक्रबारदेखि नै हवाई सेवा अवरुद्ध भएको छ।
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.