Tuesday, October 27, 2026

Top 5 This Week

Related Posts

फुटबल विजेतालाई अलैँची

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने ‘फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला–२०८३’ मा फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार स्वरूप प्रदान गरिने भएको छ। स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजकले यस्तो व्यवस्था गरेको हो। फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा आगामी मङ्सिर २ देखि ६ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष फुटबल, नृत्य तथा च्याब्रुङ प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन्। सोमबार फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूले मेलाको तयारीबारे जानकारी दिँदै फुटबल प्रतियोगिता मुख्य आकर्षण रहने बताए। प्रतियोगितामा आयोजक क्षेत्रसहित पाँचथर, झापा र सुनसरीलगायतका जिल्लाबाट आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। गत वर्ष पनि आयोजकले नगदको सट्टा पुरस्कार राशि बराबरको अलैँची नै प्रदान गरेको थियो। ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको प्रचारप्रसार र बजार विस्तारमा यस किसिमको पुरस्कारले सहयोग पुग्ने आयोजकको विश्वास छ। मेलाको अर्को मुख्य उद्देश्य फङ्फङ्देन झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्नु रहेको छ। मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले पर्यटन, खेलकुद, संस्कृति र स्थानीय उत्पादनलाई जोड्ने यस मेलाले गाउँपालिकाको पर्यटन विकास र बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। गाउँपालिका र विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त मेला सञ्चालन हुन लागेको हो।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook
News Desk
News Desk
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!