The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
काठमाडौँ, कात्तिक ९ ग. स. — नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालमा वर्षा‑हिमपातको सम्भावना रहेको जनाउँदै, सोमबार विशेष बुलेटिन जारी गरेको छ। विभागको अनुसार चक्रवात क्रमशः शक्तिशाली हुँदै उत्तर‑पश्चिम दिशातर्फ अघि बढ्दै छ र भारतको आन्ध्र प्रदेश‑विशाखापट्टनम बीचको यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ। यसले नेपालमा मौसममा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। बुलेटिनमा भनिएको छ कि कात्तिक १२ ग. स. (बिहीबार) देखि मौसममा परिवर्तन सुरु हुने र विशेष गरी कात्तिक १३ ग. स. (शुक्रवार) तथा कात्तिक १४ ग. स. (शनिवार) कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। कात्तिक १३ ग. स. देखि १४ ग. स. सम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना पनि उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू‑भागमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको छ। वर्षाका कारण धानबाली भित्र्याउने कार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसममा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। वर्षा र हिमपातका कारण चिसो बढ्ने, बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न विभागले अनुरोध गरेको छ। Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
काठमाडौँ, कात्तिक ९ ग. स. — नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालमा वर्षा‑हिमपातको सम्भावना रहेको जनाउँदै, सोमबार विशेष बुलेटिन जारी गरेको छ। विभागको अनुसार चक्रवात क्रमशः शक्तिशाली हुँदै उत्तर‑पश्चिम दिशातर्फ अघि बढ्दै छ र भारतको आन्ध्र प्रदेश‑विशाखापट्टनम बीचको यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ। यसले नेपालमा मौसममा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। बुलेटिनमा भनिएको छ कि कात्तिक १२ ग. स. (बिहीबार) देखि मौसममा परिवर्तन सुरु हुने र विशेष गरी कात्तिक १३ ग. स. (शुक्रवार) तथा कात्तिक १४ ग. स. (शनिवार) कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। कात्तिक १३ ग. स. देखि १४ ग. स. सम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना पनि उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू‑भागमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको छ। वर्षाका कारण धानबाली भित्र्याउने कार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसममा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। वर्षा र हिमपातका कारण चिसो बढ्ने, बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न विभागले अनुरोध गरेको छ।
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.